२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 क्यानले गर्यो भूकम्प पीडितलाई २० लाख सहयोग


सञ्चार डबली
  • शनिबार, फागुन १२ २०८०
  • 7.6K
    SHARES

  • images
     क्यानले गर्यो भूकम्प पीडितलाई २० लाख सहयोग


    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जाजरोकट भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । 

    आज विहान नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    क्यानले जाजरकोट भूकम्प पीडितलाई आइसीसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम प्रदान गर्ने जनाएको थियो । 

    सोही प्रतिवद्धता अनुसार प्रधानमन्त्री निवास वालुवाटार पुगेर चेक हस्तान्तरण गरेको क्यानका अध्यक्ष चन्दले जानकारी दिए । चेक बुझेपछि प्रधानमन्त्री प्रचण्डले क्यानका पदाधिकारीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भूकम्प पीडितको घाउँमा मल्हम लगाउन सकिएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend