२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

परराष्ट्र मन्त्री साउदको भारत भम्रण, गर्न आज अयोध्या जाँदै 


सञ्चार डबली
  • शनिबार, फागुन १२ २०८०
  • 8.6K
    SHARES

  • images
    परराष्ट्र मन्त्री साउदको भारत भम्रण, गर्न आज अयोध्या जाँदै 


    काठमाडौं । रायसिना डायलगमा भाग लिन भारत पुगेका नेपालका परराष्ट्रमन्त्री नारायण प्रकाश साउद (एनपी) आज अयोध्यास्थित राम मन्दिरको दर्शन गर्न जान लागेका छन् । उनले अयोध्याको बहुचर्चित राम जन्मभूमिस्थित राम मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले बताएको छ । राम मन्दिर दर्शन गर्ने मन्त्री साउद नेपाल सरकारका पहिलो प्रतिनिधी पनि हुने छन् । 

    मन्दिर क्षेत्रमा परराष्ट्रमन्त्री साउदलाई श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासिचब चम्पत राय सहितका अन्य पदाधिकारीहरुले स्वागत गर्ने जनाईएको छ । परराष्ट्रमन्त्री साउदले राम मन्दिरमा चाँदीले बनाइएको तीर धनुष, गदा, र अन्य शृगांरका सामाग्रीहरु चढाउने छन् । 

    परराष्ट्रमन्त्रि साउद आजै साँझ सरयु घाटमा हुने आरतिमा समेत सहभागी हुनेछन् भने उनले अयोध्यामै रहेको हनुमानगढी मन्दिरमा पनि पुजा गर्ने र आजै अयोध्यास्थित नेपाली मन्दिरमा पनि पूजाअर्चना र दर्शन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी गराएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend