२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

युद्ध समाप्त भएपछि पनि गाजा क्षेत्रमा हाम्रो अप्रत्यक्ष निगरानी जारी रहन्छ : प्रधानमन्त्री नेतान्याहु 


सञ्चार डबली
  • शनिबार, फागुन १२ २०८०
  • 10.5K
    SHARES

  • images
    युद्ध समाप्त भएपछि पनि गाजा क्षेत्रमा हाम्रो अप्रत्यक्ष निगरानी जारी रहन्छ : प्रधानमन्त्री नेतान्याहु 


    काठमाडौं । इजरायलले गाजा युद्ध समाप्त भएपछि गाजा क्षेत्रमा अप्रत्यक्ष निगरानी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई जानकारी गराएको प्रस्तावमा गाजाको दैनिक प्रशासनिक गतिविधि र सुरक्षा अवस्थामा इजरायलको निगरानी रहने प्रष्ट पारेका हुन् ।  

    प्रधानमन्त्री नेतान्याहुले शुक्रबार मन्त्रिपरिषदमा यससम्बन्धी कार्ययोजना पेस गरेका थिए । यो प्रस्तावपछि अमेरिका इजरायलसँग रुस्ट हुने अनुमान गरिएको छ । अमेरिकाले प्यालेस्टाइन ९गाजा क्षेत्र०लाई स्वायत्तता प्रदान गर्नुपर्ने पक्षमा छ । प्यालेस्टाइनबाट हमास हटाउने योजनामा अमेरिकाको साथ पाए पनि इजरायलको अप्रत्यक्ष निगरानीलाई स्वीकार्य नहुने संकेत अमेरिकाले पटक पटक गर्दै आइरहेको छ ।  

    २०२३ को अक्टोबर ७ बाट सुरु भएको इजरायल प्यालेस्टाइन युद्ध अहिले पनि जारी छ । यो युद्धमा अहिलेसम्म ३० हजार बढीको मृत्यु भएको छ भने घाइतेको संख्या ७० हजार नाघेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend