२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

बिहेअघि दाँतको सर्जरी गर्न गएका युवकको मृत्यु


  • शुक्रबार, फागुन ११ २०८०
  • 8.3K
    SHARES

  • images
    बिहेअघि दाँतको सर्जरी गर्न गएका युवकको मृत्यु

    काठमाडौं, ११ फागुन । हैदराबादको एफएमएस इन्टरनेशनल डेन्टल क्लिनिकमा डेन्टर प्रोसिजरका लागि गएका एक युवकको मृत्यु भएको छ । मृतक २८ वर्षका व्यवसायी लक्ष्मी नारायण विन्जाम भएको बताइएको छ । बिहेको ठिक अघि दाँतको शल्यक्रिया गर्न उनी उक्त डेन्टल क्लिनिकमा गएका थिए । मृतकका परिवारका अनुसार १६ फेब्रुअरीमा लक्ष्मी नारायण एक्लै ‘स्माइल डिजाइनिङ’ प्रोसिजरका लागि दुबली हिल्सको रोड नम्बर–३७ मा रहेको एफएमएस इन्टरनेशनल क्लिनिकमा गएका थिए ।

    साँझसम्म पनि छोरा घरमा नआएपछि लक्ष्मीका पिताले डेन्टल क्लिनकमा फोन गरे । फोनमा प्रोसिजर चलिरहँदा उनी बेहोस भएको भन्ने जवाफ आयो । कर्मचारीले लक्ष्मीलाई नजिकै रहेको अस्पताल लगिएको र त्यहाँ पुगेपछि उनको मृत्यु भइसकेको घोषणा गरिएको बताए ।

    प्रोसिजरको बेलामा एनेस्थेसिया दिएपछि लक्ष्मी बेहोस भएको र मृत्युको कारण ओभरडोज भएको जुब्ली हिल्स प्रहरीमा दर्ता गरिएको उजुरीमा मृतकका परिवारले आरोप लगाएको छ । डेन्टल क्लिनिकको लापरवाहीका कारण मृत्यु भएको भन्दै प्रहरीले आईपीसीको धारा ३०४ ए अन्तर्गत डेन्टल क्लिनिकमाथि ऊजुरी दर्ता गराएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend