२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते


  • शुक्रबार, फागुन ११ २०८०
  • 7.3K
    SHARES

  • images
    मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

    उदयपुर, ११ फागुन । उदयपुरको त्रियुगा नगरपालिका ८ झोडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मदन भण्डारी स्मृती लोकमार्गको नेपालटारबाट सदरमुकाम  गाईघाटतर्फ आउँदै गरेको को.२८.प.७०८६ नम्बरको मोटरसाकलले सोही दिशातर्फ जाँदै गरको प्र.१०५०१ क. ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । 

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक उदयुरगढी गाउँपालिका ६ नेपालटारका ३४ वर्षीय रत्नकुमार तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएकी तामाङकी श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको अनुहार र दाहिने हातमा चोट लागेको छ ।  डीएसपी चौधरीका अनुसार ट्रक चालक त्रियुगा नगरपालिका ११ का ४० वर्षीय बिनोदकुमार चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend