२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)


  • शुक्रबार, फागुन ११ २०८०
  • 8.8K
    SHARES

  • images
    कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)

    काठमाडौ, ११ फागुन । कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । शुक्रबार सार्वजनिक  सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि ११२ कर्मचारी माग गरेको हो ।

    बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आईटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो।

    त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।
    योग्यता पुगेका इच्छुक आवेदकले शुक्रबारदेखि चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ । नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

    सुचना हेर्नको लागि तलको link मा क्लिक गर्नुहोस् -

    https://drive.google.com/file/d/1rXf-trEDyhsCDr_RkFykNTyAV1GcBnOz/view?usp=drive_link



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend