२०८३, असोज १७ गते

images
Logo

Oct 03 2026 | २०८३, असोज १७ गते

images
  • शनिबार, असोज १७ २०८३
images

किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने सरकार ढल्छ : सभापति लामिछाने


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 9.6K
    SHARES

  • images
    किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने सरकार ढल्छ : सभापति लामिछाने

     

    काठमाडौं ।  किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेले बताएका छन् । विहीबार प्रतिनिधि सभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरेका छन् । 

    उनले भने, ‘किसानको दुध र मह खेर गएको अवस्थामा पाउडरको दूध र नक्कली मह विदेशबाट आयात भईरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्छन् होसियार रहनुहोला ।’ 

    उनले मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजीहरुको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने बताए । भूमीहिन सुकुम्बासीहरुलाई चुनावी फन्डाका लागि भूमि दिने भनेर आश्वासन दिइएको भन्दै यसलाई चुनावी फन्डा होइन सुकुम्बासी आयोगले भूमीहिन आयोगले विशेष ध्यान दिनुपर्ने बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend