२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 के प्रधानमन्त्री अदालत भन्दा माथि छन् ?–ज्ञानेन्द्र शाही


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 8.4K
    SHARES

  • images
     के प्रधानमन्त्री अदालत भन्दा माथि छन् ?–ज्ञानेन्द्र शाही


    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारीको घटनाका दोषिलाई जेल हाल्न माग गरेका छन् ।विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो । 

    देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारीको घटनाका हत्या भनेपनि आदेश दिने गृहमन्त्री, भौतिक पूर्वाधा मन्त्री र गोली हान्ने प्रहरीका डिएस्पीलाई प्रक्राउ गरेर जेल किन नहालेको रु’ उनले प्रश्न गर्दै भने,‘हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्री जस्तो मान्छेले जे पाए त्यही बोल्न पाइँदैन् ।’

    उनले भने,‘प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरें भन्नुहुन्छ तर सम्मानित अदालतले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरु प्रधानमन्त्रीसँग चिया खाइ रहेका छन् । कुममा कुम जोडेर हिडिरहेका छन् । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो ?’सांसद शाहीले देश आर्थिक संकटमा फसेको, मिटरब्याजीहरुले आन्दोलन गर्न नपाएको, विकास योजनाहरु अलपत्र परेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend