२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने अन्तिम मौका आज


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 7.9K
    SHARES

  • images
    सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने अन्तिम मौका आज


    काठमाडौं ।सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तले क्रमशः फागुन ११ र १३ गते बुक क्लोज गर्दैछन् । भोली र पर्सी कारोबार नहुने भएकाले यसमा आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन योग्य हुनेछन् ।

    सिद्धार्थ प्रिमियरले गत वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको छ ।

    यता, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र ०।३६८ प्रतिशत नगद ९कर प्रयोजनार्थ० लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न फागुन २६ गते नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सभा डाकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend