२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

 कांग्रेस महासमिति बैठकः प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन गरिने


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 7.9K
    SHARES

  • images
     कांग्रेस महासमिति बैठकः प्रदेश सभापतिहरूले बोलेपछि आजै समापन गरिने


    काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन भएको बैठकमा मंगलबार पाँच वटा प्रस्तावहरू पेश भएका थिए भने बुधबार ती प्रस्तावहरूमाथि महासमिति सदस्यहरूले धारणा राखेका छन् । 

    अब बिहीबार प्रदेश सभापतिहरूले समूहगत छलफलमा उठेका सुझावहरूलाई संकलन गरेर सुझाव पेश गर्ने तयारी छ । प्रदेश सभापतिहरूले धारणा राखिसकेपछि दिउँसो २ बजेबाट समापन कार्यक्रम हुने सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

    बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको भावी नीति र रणनीति, महामन्त्री गगनकुमार थापाले संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव पेश गरेका थिए भने अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पार्टीको लेखा प्रतिवेदन पेश गरेका थिए । 

    बुधबार भएको समूहगत छलफलमा गोदावरी हलमा ११०, विशंखुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरूले धारणा राखेका थिए भने अधिकांश जिल्ला सभापतिहरूले पनि बोलेका थिए । बैठकले पेश भएका प्रस्तावहरूमाथि धारणा तय गर्दै समापन हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend