२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि 


सञ्चार डबली
  • बिहीबार , फागुन १० २०८०
  • 17.6K
    SHARES

  • images
    बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि 

    काठमाडौं, १० फागुन - बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्।

    बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो। अपराह्न पौने ५ बजे साहद्वय चढेको ना३६प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो।

    जितपुर-सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व(पश्चिम राजमार्गमा पथलैयाबाट रोतहटतर्फ जाँदै गरेको मोटरसाइकललाई बाघले झम्टेको हो। उनीहरूको सामुदायिक अस्पताल निजगढ बारामा उपचार भइरहेको छ। बाघले झम्टिँदा मोटरसाइकलबाट लडेर दुबै जना घाइते भएका हुन्। चालक कृष्णको खुट्टामा र पछाडि सवार राजुको टाउको, बायाँ र दायाँ हातमा चोट लागेको छ।

    राजुलाई बाघले लछारेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। उक्त क्षेत्रमा बाघले आक्रमण गर्नसक्ने भएकाले आवत-जावत नगर्न प्रहरीले सुझाव दिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend