२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

७ महिनामा नेपाल भित्रिए ३० अर्बभन्दा बढीका सवारी, सबैभन्दा बढी इभी


सञ्चार डबली
  • बुधबार, फागुन ९ २०८०
  • 9.0K
    SHARES

  • images
    ७ महिनामा नेपाल भित्रिए ३० अर्बभन्दा बढीका सवारी, सबैभन्दा बढी इभी

    काठमाडौं । चालु वर्ष ७ महिनामा ३० अर्ब ३७ करोड रुपैयाँको सवारीसाधन नेपाल भित्रिएका छन्। त्यसमध्ये १७ अर्ब ८४ करोड ७१ लाख रुपैयाँका विद्युतीय सवारी रहेका छन् ।

    भन्सार विभागका अनुसार, १२ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ बराबरका इन्धनबाट चल्ने सवारीसाधन आयात गरिएको छ। तर सरकारले राजस्व भने इभीभन्दा इन्धनबाट चल्ने सवारीसाधनबाट बढी पाएको छ।

    इभीबाट ७ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको सरकारले इन्धनका सवारीसाधनबाट १७ अर्ब ५७ करोड ८९ लाख रुपैयाँ उठाएको छ।

    १५ अर्बभन्दा बढीको विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। १५ अर्ब ४ करोड रुपैयाँ बराबरका ६ हजार १५९ वटा विद्युतीय कार, जीप र भ्यान आयातबाट सरकारले ६ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

    माघमा मात्र १ हजार १४२ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ।

    ७ महिनामा १ अर्ब ५० करोड रुपैयाँ बराबरका ५२४ वटा विद्युतीय बस र माइक्रोबस तथा ५२ करोड ३० लाख रुपैयाँका ५ हजार ४८६ वटा दुई पाङ्ग्रे विद्युतीय सवारी आयात भएको तथ्यांक छ।

    यस्तै, ५ हजार ७९७ वटा तयारी र एसेम्बल गर्नका लागि १५ सय २९ वटा तीन पाङ्ग्रे विद्युतीय सवारी आयात गरिएको छ। ७८ करोड १३ लाख रुपैयाँका ती सवारीबाट सरकारले २६ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

    इन्धनतर्फ सात महिनामा ४ अर्ब ३२ करोड रुपैयाँ बराबरका ३ हजार ७५८ वटा कार, जीप, भ्यान र बस आयात भएकामा त्यसबापत ९ अर्ब १० करोड रुपैयाँ राजस्व उठेको छ। कोरिया र भारतबाट ६९ वटा अन एसेम्बल गाडी आयात गरिएको छ।

    यसैगरी, ८ अर्ब १९ करोड रुपैयाँ मूल्यका ६९ हजार ९४७ वटा दुई पाङ्ग्रे पेट्रोल सवारी आयात भएका छन्। जसबाट ८ अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend