२०८३, असोज १७ गते

images
Logo

Oct 03 2026 | २०८३, असोज १७ गते

images
  • शनिबार, असोज १७ २०८३
images

बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा


सञ्चार डबली
  • बुधबार, फागुन ९ २०८०
  • 10.0K
    SHARES

  • images
    बालुवाटार पुगेका लघुवित्तपीडितले मागे गभर्नर अधिकारीको राजीनामा


    काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका  लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । देशका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइपुगेका उनीहरुले गभर्नर अधिकारीको राजीनामा मागेका हुन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास क्षेत्र बालुवाटार पुगेका उनीहरुले गभर्नरको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । 

    साथै उनीहरुले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने, वित्तीय अपराध बन्द गर्नुपर्ने, सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend