२०८३, असोज १७ गते

images
Logo

Oct 03 2026 | २०८३, असोज १७ गते

images
  • शनिबार, असोज १७ २०८३
images

स्वयम्भूमा आमा र दुई छोरीको हत्या


सञ्चार डबली
  • बुधबार, फागुन ९ २०८०
  • 8.3K
    SHARES

  • images
    स्वयम्भूमा आमा र दुई छोरीको हत्या
     
    काठमाडौं। काठमाडौंको स्वयम्भूमा तीन जनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीनजनाको शव हत्या गरेको अवस्थामा फेला परेको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर, वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने।

     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार एक जना ३९-४० वर्षकी महिला, एक जना सात-आठ वर्षीया बालिका र अर्का एक दुई वर्षीया बालिका रहेका छन्।

     'घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,' उनले भने। दुई तले घरको भुइँ तलामा घटना भएको हो। घटनामा संलग्न एक व्यक्ति फरार छन्। उनैले घटना गराएको प्रारम्भिक अनुमान छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend