२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको 'एमडीआरटी मिट–२०२४' सम्पन्न


सञ्चार डबली
  • मंगलबार, फागुन ८ २०८०
  • 8.1K
    SHARES

  • images
    सूर्यज्योति लाइफ इन्स्योरेन्सको 'एमडीआरटी मिट–२०२४' सम्पन्न

    सोमबार, ८ फागुन, २०८०
    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको 'एमडीआरटी मिट–२०२४' सम्पन्न भएको छ । धुलिखेलस्थित आगन्तुक रिसोर्टमा आयोजित कार्यक्रममा एमडीआरटी–२०२४ का लागि मनोनीत एमडीआरटीहरूलाई सम्मान गरिएको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, कम्पनीका उच्च पदाधिकारीहरू, प्रदेश प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरूका सथै कम्पनीका ब्रान्ड एम्बेसेडर राजेश हमालको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा स्वागत मन्तव्य दिँदै कम्पनिका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आगामी वर्ष आयोजना हुने अन्तर्राष्ट्रियस्तरको विश्वभरका अभिकर्ताहरूको भेलामा आफूलाई नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झन्डा फहराउने बताए ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरूको संख्यामा वृद्धि गर्न हौसला दिए ।

    कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालले आफू सूर्यज्योति लाइफसँग लामो समयदेखि हातेमालो गर्न पाकएको गौरवान्वित भएको बताए । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पुँजी ४५४ करोड, कुल लगानी ३,७४५ करोड, जीवन बिमा कोष ३,०५२ करोड छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको खुद मुनाफा २३.६६ करोड रहको र देशभर १७६ शाखा कार्यालयहरूबाट आफ्ना बिमित तथा सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend