२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गठबन्धनको विषयमा सभापति देउवा र महामन्त्री थापाबीच मिलेन कुरा, छलफल निष्कषविहीन


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 8.1K
    SHARES

  • images
    गठबन्धनको विषयमा सभापति देउवा र महामन्त्री थापाबीच मिलेन कुरा, छलफल निष्कषविहीन


    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ । महासमिति बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा निष्कर्षविहीन भएको हो । 

    महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्नेसहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन भनेका छन् । तर, महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएसँगै बुढानिलकण्ठबाट नेताहरू बाहिरिएका छन् । 

     सभापति दृउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका हुन् । तर, महामन्त्री थापाले नहटाउने अडान यथावत राखेका छन् । जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ ।  सोमबारबाट गोदावरीमा पार्टीको महासमितिको बैठक सुरू हुँदै छ । यसअघि सभापति देउवाले गठबन्धन कायम राख्नुपर्ने एजेण्डालाई पार्टीभित्रबाट अनुमोदन गराउने प्रयास गरेका हुन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend