२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कति पुग्यो तोलाको ? 


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 8.8K
    SHARES

  • images
    सुनको भाउ बढ्दा चाँदीको घट्यो, कति पुग्यो तोलाको ? 

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ । त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ।
     
    यसअघि, आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ भने २० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend