२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आज आठौँ निर्वाचन दिवस, निर्वाचनलाई जीवन पद्धतिकोरुपमा ग्रहण गर्न आग्रह


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 7.6K
    SHARES

  • images
    आज आठौँ निर्वाचन दिवस, निर्वाचनलाई जीवन पद्धतिकोरुपमा ग्रहण गर्न आग्रह


    काठमाडौं । आज आठौं निर्वाचन दिवस । २०१५ साल फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई वालिग नेपालीहरुको आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनकोरुपमा स्मरण गरी ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता’ भन्ने नारासहित मनाइँदैछ । 

    दिवसको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभकामना सन्देशमार्फत् निर्वाचनलाई जीवन पद्धतिकोरुपमा ग्रहण गर्न आग्रह गरेका छन् । ‘निर्वाचन दिवसले आम मतदाताहरूमा निर्वाचन र मतदानको महत्वलाई मनन् गरी निर्वाचनका क्रियाकलापहरूमा सरिक हुन सदैव जागरूकता र प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न आग्रह गर्दछु,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । 

    उनले वर्तमान संविधान जारी भएपछि भएका दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवम् राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार ४ सय जनप्रतिनिधिहरू निर्वाचित भएका छन्। 

    ’वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘यस विषयमा राजनीतिक दल,आम मतदाता तथा सरोकारवालाहरूसँग निरन्तर सम्वाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग सम्वेदनशील छ।’उनले विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचनहरू स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी हुँदै गएको दाबी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend