२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

प्रेस सेन्टर नेपाल जापान शाखाको संयोजकमा सुनार र सह-संयोजकमा ढकाल चयन


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 7.8K
    SHARES

  • images
    प्रेस सेन्टर नेपाल जापान शाखाको संयोजकमा सुनार र सह-संयोजकमा ढकाल चयन

    ७ फाल्गुन २०८०, सोमबार

    जापान । जापानमा रहेको प्रेस सेन्टर नेपाल निकट पत्रकारहरुको भेलाले जापान शाखाको संयोजकमा सन्दिप सुनार सर्वसम्मत चयन गरेको हो । त्यस्तै समितिको सह-संयोजकमा बिनोद ढकाल चयन हुनभएको छ । भेलाले प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आगामी मार्च १७ तारेखमा टोकियोमा गर्ने निर्णय समेत गरेको छ । सहसंयोजक ढकालका अनुसार प्रथम अधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरिएको हो ।

    त्यस्तै यहि फेब्रुअरी २४ मा हुन गईरहेको प्रेस सेन्टर नेपालको प्रवास प्रदेश समितिको प्रथम अधिवेशनमा जापानबाट संक्रियताका साथ सहभागिता र अधिबेशन सम्पन्न गर्न जापान शाखाले भूमिका खेल्ने सहसंयोजक ढकालको भनाई छ । भेलामा प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा जोड दिने बिषयमा छलफल भएको थियो ।

    प्रेस सेन्टर नेपाल पूर्वी एशियाका ईन्चार्ज तिलक मल्लले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च जापानका पूर्वअध्यक्ष भवानी पन्त, वर्तमान अध्यक्ष मोहन पोडेल, उपाध्यक्ष बाबुराम पौडेल लगायत सेन्टर निकट पत्रकारहरूको उपस्थिति रहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend