२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चितवनका किसानहरुले सडकमा नै दुध पोखेर गरे आन्दोलन


  • आइतबार, फागुन ६ २०८०
  • 8.2K
    SHARES

  • images
    चितवनका किसानहरुले सडकमा नै दुध पोखेर गरे आन्दोलन

    काठमाडौँ, फाल्गुण ६ । चितवनका किसानहरुले सडकमा नै दुध पोखेका छन् । किसानहरू सरकारले दुधको भुक्तानी नदिएको भन्दै आन्दोलनमा गरेका हुन् ।

    चितवन दुग्ध उत्पादक सहकारी संघका अनुसार किसानहरू दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको विरोधमा आन्दोलनमा उत्रिएका हुन् ।

    किसानहरुले २ वटा माग राखेर आन्दोलनमा गरिरहेका छन् ।आफूहरुले उत्पादन गरेको दुधको बिक्री गर्ने व्यवस्था र भुक्तानी पाउनुपर्ने माग राखेका छन् । चितवनमा पाँच दिनदेखि दुध बिक्री गरिएकाे छैन।

    यी किसानहरुले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी पाएका छैनन् ।  चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दुध बिक्री हुँदै आएको छ । 

    किसानको समस्याकाे समाधानको लागि किसानहरुले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

    दुध बिक्री नभएर फाल्नुपर्ने अवस्था आएको भन्दै किसानहरूले नचाहेर पनि सडकमा दुध पोख्न बाध्य भएको बताएका छन् । यसकासाथै उनीहरूले सरकारले आन्दोलनलाई वेवास्ता गरेमा आन्दोलनलाई थप ससक्त रुपमा लग्ने पनि चेतावनी दिएका छन्।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend