२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दोहोरो अंकले घट्यो नेप्से परिसूचक


सञ्चार डबली
  • आइतबार, फागुन ६ २०८०
  • 9.8K
    SHARES

  • images
    दोहोरो अंकले घट्यो नेप्से परिसूचक

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।  आज नेप्से परिसूचक २७ दशलमव २१ अंकले घटेर २,०३४ को विन्दुमा कायम भएको छ । आज २१ कम्पनीको मुल्य मात्रै बढेको छ भने २२५ वटा कम्पनीको मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

    आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीको शेयर मुल्य ६४५ रुपैयाँ कायम भएको छ ।

    आज एनआइसी एशिया बैंकको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोको १० करोड १४ लाख रुपवैयाँको शेयर कारोबार भएको छ । सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । किसान लघुवित्तका लगानीकर्ताले ८ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् । 

    यूनियन हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २१ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend