२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 दुर्गम क्षेत्रमा विद्यार्थीलाई हवाई भाडामा ३३ प्रतिशत छुट दिनुपर्ने


सञ्चार डबली
  • आइतबार, फागुन ६ २०८०
  • 7.4K
    SHARES

  • images
     दुर्गम क्षेत्रमा विद्यार्थीलाई हवाई भाडामा ३३ प्रतिशत छुट दिनुपर्ने


    काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रमा हवाई भाडामा विद्यार्थीहरुलाई ३३ प्रतिशत छुट गराउन सरकारलाई दबाब दिने भएको छ । यही फागुन २ गतेदेखि ४ गतेसम्म ललितपुरमा सम्पन्न अनेरास्ववियुको तेस्रो पूर्ण बैठकका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष समिक बडालले विद्यार्थीलाई हवाई भाडामा छुट दिन सरकारलाई दबाब दिने निर्णय गरेको जनाएको छ । 

    त्यस्तै, अनेरास्ववियुले संगठनको  संगठनको ६० औं स्थापना दिवसका अवसरमा ‘अखिल फेस्ट–२०२४’ विद्यार्थी महोत्सव आयोजना गर्ने निर्णय गरेको छ । त्यसैगरी,  बैठकले संगठनमा क्रियाशिल महिला नेतृत्वहरुको सशक्तिकरण तथा क्षमता अभिवृद्धि गर्न आउँदो जेठ १४ र १५ गते राष्ट्रिय महिला भेलाको आयोजना गर्ने निर्णय गरेको समेत बडालले बताए । 

    बैठकले संगठनका आठ वटा प्रदेश कमिटिहरुको अधिवेशन सम्पन्न भएको अवस्थामा अवधि पुगेका विश्वविद्यालय राष्ट्रिय कमिटि, प्रदेश तथा जिल्ला सम्पर्क कमिटिहरु विद्यार्थी समन्वय कमिटिहरुको अधिवेशन आउँदो चैतभित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ । 

    बैठकले इजरायलमा वेपत्ता रहेका वीपीन जोशीको उद्धारका लागि पहल गर्न माग गर्ने, कृषि, काउन्सिलको स्थापनाका लागि पहल गर्ने, बालकुमारी घटनाको छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक तथा दोषीलाई कारबाही गर्न दबाब दिने लगायतका निर्णय गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend