२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 तेश्रो पटक विश्वासको मत माग्दै मधेश प्रदेशका मुख्यमन्त्री यादव


सञ्चार डबली
  • आइतबार, फागुन ६ २०८०
  • 9.4K
    SHARES

  • images
     तेश्रो पटक विश्वासको मत माग्दै मधेश प्रदेशका मुख्यमन्त्री यादव


    काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै सामेल भएपनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।  

    जनमतले साथ छोडेपनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन । उनी जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हुन् । प्रदेशसभामा रहेका सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । यादवले मुख्यमन्त्री बनेपछि अहिलेसम्म आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । उनले एक वर्षसम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लाग्दै आएको छ । त्यहीकारण देखाउँदै अन्य दलले समेत मुख्यमन्त्री फेर्नुपर्ने भन्दै केन्द्रमा लबिङ गर्दै आएका छन् । 

    मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९–९ सांसद छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १÷१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।  यसआधारमा सत्तारुढ गठबन्धनको मत जोगाउन सके मुख्यमन्त्री यादवले यसपटक पनि विश्वासको मत प्राप्त गर्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend