२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास भइरहेको छ : अर्थमन्त्री महत


सञ्चार डबली
  • शनिबार, फागुन ५ २०८०
  • 7.7K
    SHARES

  • images
    लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास भइरहेको छ : अर्थमन्त्री महत

     
    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । शनिबार चौथो लधुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले देशभरबाट २७ लाख महिलाहरु लघुवित्तमा सहभागि रहेको उललेख गर्दै यसले महिलालाई आत्मनिर्भर बनाएको बताए । 

    अहिले केहि प्रवृत्तिहरुले सहकारी र लघुवित्तमा आएका विचलनबाट राजनीतिक लाभ लिएको भन्दै सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । उनले भने, ‘लघुवित्तलाई कसरी स्वस्थ बनाउने भन्ने हामी सबैको चासोको विषय हो । तर केही प्रवृत्तिहरु लघुवित्त र सहकारीमा देखिएको विचलनबाट फाइदा उठाएर राजनीतिक लाभ लिन खोजिरहेका छन् । यो खतरनाक प्रवृत्ति हो । यसको प्रतिवाद गर्न सबै तयार हुनुपर्छ । ’

    गरिव र विपन्नलाई ध्यानमा राखेर आम जनताका मुद्दाहरु टुङ्ग्यानुपर्ने उनको भनाइ छ । अर्बौं कर्जा प्रवाह गर्ने सरकारको सामथ्र्य नहरेको उल्लेख गर्दै अर्थमन्त्री महतले बेलैमा सबैले सचेत भएर दायित्व पुरा गर्नुपर्ने उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend