२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्सले बिर्तामोडबाट बीमा जागरण अभियान शुभारम्भ 


सञ्चार डबली
  • शुक्रबार, फागुन ४ २०८०
  • 7.4K
    SHARES

  • images
    हिमालयन लाइफ इन्स्योरेन्सले बिर्तामोडबाट बीमा जागरण अभियान शुभारम्भ 

    शुक्रवार, फाल्गुण ४, २०८०
    काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोडबाट बीमा जागरण अभियान कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । बीमा प्रति सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचालन गरिएको सो कार्यक्रमको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले  संयुक्त रुपमा शुभारम्भ गरेका हुन्।

    सोे कार्यक्रममा मन्तब्य राख्दै कार्यकारी निर्देशक पौडेलले बीमा जागरणको अभियानलाई सर्वसाधारणको पहुँचमा पु¥याउन आवश्यक रहेकोले बीमा कम्पनीहरुले बीमा जागरणको अभियानलाई गाउँ गाउँ सम्म लैजानु पर्ने बताए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले बीमा प्रतिको बिश्वास अभिबृद्धि गर्नको लागि कम्पनीले गरेको कार्य राम्रो भएको बताउदै सर्वसाधारण नागरिकलाई बीमाको दायरामा समेट्न आवश्यक रहेको बताए।

    यस्तै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा जागरण बढाउन कम्पनीले गरेको कार्य प्रशंसनिय रहेको उल्लेख गर्दै बीमा क्षेत्रको विश्वसनियता बृद्धि गर्न सवै सक्रिय हुनु पर्ने बताए । कम्पनीको प्रमुख कार्यक्रारी अधिकृत मनोज कुमार लाल कर्णले सर्वसाधारणलाई बीमाको दायरामा समेट्न ७७ वटै जिल्लामा कार्यक्रम संचालन गर्न लागिएको जानकारी गराउदै देशका सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउन सकिएमा देशको आर्थिक बिकास हुने र गरिबी निवारण गर्न सहयोग पुग्ने  बताए ।

    सो कार्यक्रममा उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, चेम्बर अफ कमर्श बिर्तामोडका अध्यक्ष ओम प्रसाद बिमली, उद्योग बाणिज्य संघ बुद्धशान्ती नगर अध्यक्ष चन्द्र उप्रेती लगायतले कम्पनीले गरेको कार्यक्रम प्रभाकारी रहेको बताए  । कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रादेशिक कार्यालयका प्रमुख विनोद पोखरेल, बिभिन्न संघ, संस्था, सहकारी संस्था, टोल बिकास संस्थाका प्रतिनिधिहरु लगायत सर्वसाधारण नागरिकको उपस्थिती रहेको थियो । कम्पनीको कोशी प्रादेशिक कार्यालय प्रमुख भुपराज पराजुलीले स्वागत मन्तब्य गर्नु भएको कार्यक्रमको संचालन जोनल हेड नविन थापाले गरेका थिए। बीमा जागरण अभियान देशका ७७ वटै जिल्लामा संचालन गरी बीमामा सर्वसाधारणको पहुँच बढाउने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend