२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गोली हान्ने प्रहरीसँग ‘डिभोर्स’ गर्ने तयारीमा थिइन् पत्नी प्रहरी जवान धनमाया


  • शुक्रबार, फागुन ४ २०८०
  • 8.2K
    SHARES

  • images
    गोली हान्ने प्रहरीसँग ‘डिभोर्स’ गर्ने तयारीमा थिइन् पत्नी प्रहरी जवान धनमाया

    काठमाडौं, ४ फागुन। दाङको घोराहीमा बिहीबार बेलुका एकजना प्रहरीले प्रहरी नै रहेकी आफ्नी पत्नीलाई गोली हानी हत्या गरेको घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीको दामोदर चोकमा डिउटीमै रहेका बेला प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान् प्रहरी सहायक हवल्दार यमबहादुर झाँक्रीले बिहीबार बेलुका गोली हानेर मारेका हुन्।

    वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमायालाई गोली हान्न बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत प्रहरी जवान यमबहादुर बिहीबार बेलुका साढे ८ बजेतिर मोटरसाइकल चढेर दामोदर चोक पुगेका थिए। 

    गोली हानेर भाग्दै गरेका यमबहादुरलाई प्रहरीले लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरेको थियो। उनका साथबाट लोड रहेको बेरेटा नाइन एमएम पेस्तोल १ थान र त्यसमा लाग्ने म्यागेजिन र ७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

    गोली हान्नुको कारण विस्तृत रूपमा नखुलेको भए पनि उनीहरूबीच दाम्पत्य सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धान देखिएको प्रहरीले जनाएको छ। 

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लका अनुसार धनमाया यमबहादुरसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा थिइन्। ‘धनमाया डिभोर्स गर्ने तयारीमा थिइन् भन्नेसम्म खुलेको छ।’

    उनका अनुसार ३५ वर्षीय यमबहादुर र २६ वर्षीया धनमायाका एक छोरीसमेत छिन्। ‘छोरीचाहिँ माइतमै रहेको बुझिएको छ,। 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend