२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवारको घटनास्थलमै मृत्यु


  • शुक्रबार, फागुन ४ २०८०
  • 8.3K
    SHARES

  • images
    ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवारको घटनास्थलमै मृत्यु

    काठमाडौं, ४ फागुन। तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ। 

    छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नम्बर ट्र्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो।

    दुर्घटनामा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको घटनास्थलमै मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले ट्र्याक्टर चालक र मोटरसाइकल चालकलाई  नियन्त्रणमा लिएको बताए।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend