२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने


  • शुक्रबार, फागुन ४ २०८०
  • 8.3K
    SHARES

  • images
    आगामी आर्थिक वर्ष सरकारले १८ खर्बको बजेट ल्याउने

    काठमाडौं, ४ फागुन। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको अनुमानित बजेटको आकार घोषणा भएको छ ।। आज बिहान पत्रकार सम्मेलन गरी अर्थ मन्त्रालयले सो जानकारी दिएको हो। 

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो। सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

    चालु आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब छ। योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो।

    ‘अर्धवार्षिक समीक्षामा कति खर्च भयो? अब लक्ष्य कति गर्न सकिन्छ भन्ने कुरा मात्रै समीक्षामा भएको  हो’, उनले भने, ‘तर बजेट कटौती भने भएको छैन।’



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend