२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा उच्च सुरक्षा सतर्कता


  • शुक्रबार, फागुन ४ २०८०
  • 8.7K
    SHARES

  • images
    किसानको आह्वानमा भारत बन्द, दिल्लीसहितका राज्यमा उच्च सुरक्षा सतर्कता

    काठमाडौं, ४ फागुन । भारतीय किसानले शुक्रबार देशभर बन्द आह्वान गरेका छन् । संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेकाले दिल्लीसहितका राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

    आफ्नो काम छाडेर सडकमा उत्रिएका किसानहरुले कृषि ऋण मिनाह हुनुपर्ने, उत्पादनको उचित मूल्य पाउनुपर्ने, विगतका आन्दोलनका क्रममा किसानविरुद्ध चलाइएका मुद्दा फिर्ता लिनुपर्ने माग राखेका छन् । 

    उनीहरुको आन्दोलनलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टीले पनि समर्थन गरेका छन् । किसानहरुले यही १३ फेब्रुअरीदेखि ‘दिल्ली जाऔं’ अभियान पनि सुरु गरेका थिए । 
     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend