२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपालमा ईभीको बजार आक्रामक विस्तार, यस्तो छ ५ वर्षको तथ्यांक

पाँच वर्षअघि ५७५ ईभी भित्रिएको थियो, अहिले ६ महिनामै ५००० ईभी


  • शुक्रबार, फागुन ४ २०८०
  • 10.1K
    SHARES

  • images
    नेपालमा ईभीको बजार आक्रामक विस्तार, यस्तो छ ५ वर्षको तथ्यांक

    काठमाडौं, ४  फागुन । नेपालमा विद्युतीय सवारी (ईभी)को बजार आक्रामकरूपमा विस्तार भइरहेको छ । भन्सार विभागको तथ्यांक हेर्दा पछिल्ला पाँच वर्षमा ईभीको आयात क्रमिकरूपमा उच्च हुँदै गएको देखिन्छ ।

    आर्थिक वर्ष (आव) २०७६/०७७ मा ५७५ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए । एक अर्ब ८७ करोड २२ लाख रुपैयाँ बराबरका ईभीबाट सरकारले ४५ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    आव २०७७/०७८ मा २६१ वटा ईभी आयात भएका थिए । सरकारले ६६ करोड ८ लाख रुपैयाँ बराबरका यी गाडीबाट ३४ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    आव २०७८/०७९ देखि नेपालमा ईभीको आयात एक्कासि उच्चदरमा बढेको देखिन्छ । यस वर्ष पाँच अर्ब ३२ करोड ५ लाख रुपैयाँ बराबरका एक हजार ८०७ ईभी आयात भएका थिए । जसबाट सरकारले एक अर्ब ४३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    आव २०७९/०८० मा चारहजार ५० वटा ईभी आयात भएका थिए । एघार अर्ब ८४ करोड रुपैयाँ बराबरका ती गाडीबाट सरकारले तीन अर्ब ३० करोड ४४ लाख राजस्व संकलन गरेको थियो ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend