२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आज कुन तरकारीको भाउ कति ? (सूचीसहित)


  • शुक्रबार, फागुन ४ २०८०
  • 10.0K
    SHARES

  • images
    आज कुन तरकारीको भाउ कति ? (सूचीसहित)

    काठमाडौं, ४  फागुन । कालीमाटी तरकारी बजारमा हिजोको तुलनामा आज अधिकांश तरकारीको भाउ घटबढ भएको छैन। केही तरकारीको भाउ हिजोको तुलनामा सामान्य घटबढ भएका छन्।

    गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, मूला, भन्टा लगायतका तरकारीको भाउ हिजोको तुलनामा घटबढ भएका छैनन्।

    भारतीय ठूलो गोलभेँडा नेपाली ठूलो गोलभेँडाभन्दा १० रूपैयाँ महँगो छ। नेपाली गोलभेँडाको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ छ।

    भारतीय रातो आलु र नेपाली रातो आलुको भाउ समान २८ रूपैयाँ प्रतिकिलो छ। सुकेको प्याजको भाउ ६५ रूपैयाँ प्रतिकिलो छ। गाजर ३० देखि ४० रूपैयाँ प्रतिकिलो र बन्दा ३० देखि ३५ रूपैयाँ प्रतिकिलो छ।

    काउलीको भाउ आज किलोमा ३ रूपैयाँ घटेको छ। हिजो २८ देखि ३५ रूपैयाँमा कारोबार भएको लोकल काउलीको भाउ आज २५ देखि ३० रूपैयाँ प्रतिकिलो छ।

    मटरकोशाको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ। सागको भाउ पनि आज स्थिर छ।

    हिजो जस्तै रायो साग प्रतिकिलो ४० देखि ५० रूपैयाँ, तोरीको साग ३० देखि ४० रूपैयाँ, चमसुर, पालुगो, मेथी, जिरी र सौफको सागको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो छ।

    यस्तो छ आज तरकारीको भाउः



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend