२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ड्युटीमा रहकी महिला प्रहरीको गोली हानेर हत्या, प्रहरी श्रीमान्‌ले नै चलाएका थिए गोली


  • बिहीबार , फागुन ३ २०८०
  • 9.5K
    SHARES

  • images
    ड्युटीमा रहकी महिला प्रहरीको गोली हानेर हत्या, प्रहरी श्रीमान्‌ले नै चलाएका थिए गोली

    काठमाडौँ, फागुन ३ । दाङमा गोली हानेर एक महिला प्रहरीको हत्या भएको छ । वडा प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनमाया थापाको हत्या भएको लुम्बिनी प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए ।

    प्रहरीका अनुसार धनमायालाई उनकै श्रीमान् यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेका हुन् । यमबहादुर बाँकेको नेपालगन्ज तालिम केन्द्रमा कार्यरत थिए ।

    दाङको दामोदर चोकमा ड्युटीमा रहेका बेला धनमायामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

    श्रीमान् यमबहादुर प्रहरी नियन्त्रणमा छन् ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend