२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नुवाकोटमा बच्चा जन्मिए पाँच हजार पाइने


  • बिहीबार , फागुन ३ २०८०
  • 7.8K
    SHARES

  • images
    नुवाकोटमा बच्चा जन्मिए पाँच हजार पाइने

    नुवाकोट, फागुन ३ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र जन्मिएका बालबालिकाहरूलाई पाँच हजार रुपैयाँ दिन सुरु गरेको छ।  

    वडा कार्यालयले गत असारमा सम्पन्न भएको नगरसभाबाट आर्थिक वर्ष ०८०/८१ देखि वडाभित्र बच्चा जन्मिएर ३५ दिनभित्र जन्मदर्ता गरेमा प्रोत्साहन स्वरुप बालबालिकाहरुलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो।

    जसअनुसार वडा कार्यालयले साउन महिनादेखि जन्मिएका बालबालिकालाई नगद पाँच हजार रुपैयाँ वितरण गर्न थालेको हो। वडा कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने बालबालिकालाई पाँच हजार रुपैयाँ दिने र बच्चाका सम्बन्धित अभिभावकले पाँच हजार रुपैयाँ थप गरेर १० हजार रुपैयाँ बैंकमा खाता खोलेर राखिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए। 

    जम्मा भएको रकम १५ वर्ष झिक्न नपाउने गरी सम्बन्धित बालबालिकाको नाममा जम्मा गर्न थालिएको छ। वडाध्यक्ष न्यौपानेले बालबालिकाको जन्मदर्ता गर्न प्रोत्साहन गर्ने र बाबालिकाको समग्र विकासका लागि बालबालिकासँग वडाध्यक्ष कार्यक्रम समेत सञ्चालन गरिएको बताए।  

    हालसम्म वडा कार्यालयमा जन्मिएका २६ जना बालबालिकाहरुलाई सो रकम दिइ सकेको वडा कार्यालयले जनाएको छ। वडामा प्रत्येक वर्ष ८० देखि ९० जना बालबालिका जन्मने गरेको भन्दै यो कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

    त्यस्तै विदुर नगरपालिकाका पुर्व मेयर शिवप्रसाद गजुरेलले वडाले सरायिन काम गरेको भन्दै यसलाई देशव्यापी बनाउनुपर्ने बताए। उनले वडाले दिएको सुविधाहरूलाई जनताहरुले पनि उपयोग गर्न जान्नुपर्ने बताए। 

    वडा कार्यालयले चलाएको यो अभियानले प्रत्यक्ष जनजीवनसँग सरोकार राख्ने भएकोले वडा वडामा सिंहदरवार आएको महसुस भएको स्थानियले बताएका छन्। हेर्दा सानो रकम देखिए पनि समय सान्र्दभिक र वैज्ञानिक रहेको स्थानीय राजकुमार अर्यालले बताए।

    यो कार्यक्रम सफल भएमा आगामी आर्थिक वर्ष ०८१/८२ मा मृत्यु भएका परिवारलाई पाँच हजार रुपैयाँ किरिया खर्च दिने योजना रहेको विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले जानकारी दिएको छ।

     



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend