२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएलजी इन्स्योरेन्स आज सभा बस्दै, सेयरधनीलाई लाभांश वितरण गर्दै


सञ्चार डबली
  • बिहीबार , फागुन ३ २०८०
  • 8.6K
    SHARES

  • images
    एनएलजी इन्स्योरेन्स आज सभा बस्दै, सेयरधनीलाई लाभांश वितरण गर्दै


    काठमाडौं । एनएलजी इन्स्योरेन्सले आज १८औं वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले सभामा शेयरधनीहरुको लागि लाभांश वितरण गर्ने भएको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ। यस्तै, आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ। 

    आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ, माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।    

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend