२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

१६औँ विश्व सामाजिक सम्मेलन नेपालमा, ९२ देशका प्रतिनिधिसहित शान्ति र्‍याली


सञ्चार डबली
  • बिहीबार , फागुन ३ २०८०
  • 6.6K
    SHARES

  • images
    १६औँ विश्व सामाजिक सम्मेलन नेपालमा, ९२ देशका प्रतिनिधिसहित शान्ति र्‍याली


    काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन नेपालमा आजदेखि हुँदैछ । संघीय राजधानी काठमाडौंमा हुने सम्मेलनमा सात वटै महादेशका ९२ भन्दा धेरै देशका विभिन्न सामाजिक आन्दोलनका अगुवा र प्रतिनिधिहरू सहभागी हुँदैछन् । सम्मेलनको पहिलो दिन बिहीबार भृकुटीमण्डपदेखि शान्तिवाटिका, न्यूरोड हुँदै फेरि भृकुटीमण्डपसम्म शान्ति ¥याली निकाल्ने तयारी छ । मञ्चको सचिवालयका अनुसार विहान ११ बजेबाट ¥याली प्रारम्भ हुनेछ । 

    सामाजिक न्याय, जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायमको दवाव सिर्जना गर्ने उदेश्यले विश्वव्यापी रुपमा आयोजना हुँदै आएको ‘विश्व सामाजिक मञ्च’को सम्मेलन यसपटक नेपालमा हुन लागेको हो । 

    ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ हुने सम्मेलनमा नवउदारवाद, भुमण्डलीकरण, पूँजीवाद, जलवायु संकट, पितृसत्ता, जातजाति, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेद विरुद्ध छलफल र बहस हुने सम्मेलन व्यवस्थापन समितिले जनाएको छ । सम्मेलनका क्रममा मूलतः १३ वटा मुख्य विधाहरुमा आधारित भएर साना–ठूला ४०२ वटा कार्यक्रमहरु हुनेछन् । 

    जसमा मजदुर आन्दोलन, किसान र कृषि आन्दोलन, भुमि अधिकार, कृषि खाद्य सुरक्षा, महिलावादी आन्दोलन, सीमान्तकृत सामाजिक समुह, लोकतान्त्रिक अभियान, शरणार्थी तथा आप्रवासन आन्दोलन, मिडिया कन्क्लेभ, अन्तर महादेशीय युवा सम्मेलन लगायतका कार्यक्रम छन् । सम्मेलनका लागि ९२ देशका एक हजार २ सय ५२ वटा संस्था र समुहरुका स्वआयोजकका रुपमा दर्ता भएका छन् । सामेलनमा ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ । 

    पहिलो पटक ब्राजिलमा सन् २००१ देखि सुरु भएको यो विश्वव्यापी सम्मेलन हरेक बर्ष विभिन्न देशले आयोजना गर्दै आएका छन् । यस मञ्चलाई असमानताविरुद्ध विशुद्ध नागरिक समाज आन्दोलनको विश्वव्यापी प्लाटफर्ममा रुपमा लिइने गरेको छ ।सम्मेलनका कार्यक्रमहरुलाई नेपाली, अंग्रेजी, फ्रेन्च, स्पेनिस, अरबिक र पोर्तुगिज गरी छ भाषामा अनुवादको व्यवस्था गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend