२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बस दुर्घटनाः  ३ महिलासहित १० को मृत्यु, ३० जना घाइते


सञ्चार डबली
  • बिहीबार , फागुन ३ २०८०
  • 7.5K
    SHARES

  • images
    बस दुर्घटनाः  ३ महिलासहित १० को मृत्यु, ३० जना घाइते


    काठमाडौं । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । चालकसमेत गरी ३० जना घाइते भएका छन् । सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति साढे १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको थियो । 

    दुर्घटनामा परेर ३ महिलासहित १० जनाको ज्यान गएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । दुर्घटना कपिलवस्तु र दाङको सीमा क्षेत्र आसपास हो । उनका अनुसार बसमा ४० जना यात्रु थिए । घाइते ३० जनामध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । मध्यरातमा दुर्घटना भएका कारण घाइतेको उद्धार र उपचारका लागि समस्या भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend