२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा


  • बिहीबार , फागुन ३ २०८०
  • 8.9K
    SHARES

  • images
    गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

    कास्की, फागुन ३ । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा फागुन ४ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । 

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । 

    प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिए । 

    नयाँ संविधान जारी भएपछि विसं २०७४ मंसिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा बर्सेनि मनाउँदै आइएको छ ।

    स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायत कार्यक्रम गर्दै आएको छ । 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend