२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते


सञ्चार डबली
  • बिहीबार , फागुन ३ २०८०
  • 5.9K
    SHARES

  • images
    कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

    २०८० फागुन ३ गते 
    बुटवल । कपिलवस्तुको सुरईनाका खोलामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । राति २ बजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाइते भएका र त्यसमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको कपिलवस्तुकै सन्जिवनी र केहीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार सुदूरपश्चिम प्रदेश ०२-००१ ख ००९८ नम्बरको बस महेन्द्रनगरबाट काठमाडौं जाँदै गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत  शिवराज नगरपालिका-१ सुरही पुल नजिकै दुर्घटनामा परेको हो ।

    सुनौलो यातायात प्रालिको उक्त बस सुरईनाका खोलाको पुल पार गर्ने बित्तिकै सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले तत्कालै घटनास्थलबाट समयमै उद्धार गरेको छ । रातिदेखि नै आफूहरू उद्धारका लागि घटनास्थलमै रहेकाले दुर्घटना के कारणले भएको भन्ने यकिन नभएको कपिलवस्तु जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले जानकारी दिए ।

    मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend