२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पाल्पा जीप दुर्घटना, मृतक सबै १० जनाको सनाखत


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 8.3K
    SHARES

  • images
    पाल्पा जीप दुर्घटना, मृतक सबै १० जनाको सनाखत


    काठमाडौं । पाल्पाको तिनाउँ गाउँपालिका–६ मस्याममा भएको जीप दुर्घटनामा ज्यान गुमाएका सबै १० जनाको सनाखत भएको छ । मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, तिनाउँ–२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका– १ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल, ६० वर्षीय चुना रणपाल, रुपन्देही देवदह नगरपालिका–५ का २९ वर्षीया दिलमाया जिसी रहेका प्रहरीले जनाएको छ । 
     
    आठजनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मंगलबार साँझ डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend