२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच सम्झौता 


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 7.6K
    SHARES

  • images
    नेपाल महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच सम्झौता 


    काठमाडौं । नेपाल महिला उद्यमी महासंघ र ग्लोबल इक्विटी फण्डबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालको सामाजिक–आर्थिक विकासका लागि महिला उद्यमशीलता अभिवृद्धि गर्ने उद्देश्यले दुई संस्थाबीच समझदारी भएको हो।

    उक्त समझदारी पत्रमा महासङ्घकी अध्यक्ष शोभा ज्ञवाली र फण्डका प्रबन्ध निर्देशक डा.मनिष थापाले हस्ताक्षर गरेका हुन्। अध्यक्ष ज्ञवालीले महिला उद्यमीहरूलाई दिगो विकासका लागि सहयोग र सल्लाह दिने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरेको उल्लेख गरेकी छन् । 

    यसले विभिन्न पहल र लगानीहरू मार्फत महिला उद्यमीहरूको व्यापार र व्यवसायलाई बढवा दिने  अध्यक्ष ज्ञवालीको भनाई छ ।  ‘यसले महिला उद्यमीहरूलाई सहयोग पुग्ने आशा गरिएको छ’, ज्ञवालीले भनिन्। महिला उद्यमी महासंघ महिला उद्यमीहरुकालागि स्थानीय र अन्तराष्ट्रिय मेलाको आयोजना, विदेशी व्यापार सम्बन्धि ज्ञान र कार्यक्रमहरु र वित्तीय पहुँचका क्षेत्रमा कटिबद्ध भएर लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend