२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन खुला


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 8.7K
    SHARES

  • images
    सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन खुला


    काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले शत प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन खुलाएको हो । बिक्री प्रवन्धक कुमारी क्यापिटलका अनुसार फागुन २२ गतेसम्म लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

    प्रशासनिक खर्च, मूल्यह्रास जस्ता खर्च कटाउँदा कम्पनीको नोक्सानी चुलिएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी ४ करोड ३५ लाख रुपैयाँ खुद नोक्सानीमा थियो । कम्पनीको प्रतिसेयर आम्दानी ०.२२ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर आम्दानी ९२ रुपैयाँ ४२ पैसा छ ।

    कम्पनीले हकप्रद सेयर निष्कासन गरी १ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्ने भएको छ । हकप्रदबाट संकलित रकम अर्बिट इनर्जीमा लगानी गर्ने र बैंकको ऋण पनि घटाउने कम्पनीले स्पष्ट पारेको छ । सिंगटी हाइड्रो इनर्जी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ५० लाख रुपैयाँ खुद नोक्सानीमा छ । कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार ६ महिनामा १७ करोड २० लाख रुपैयाँको बिजुली बिक्री भएको छ । तर कम्पनीको ब्याज खर्च मात्रै ११ करोड ९३ लाख रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend