२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

क्यानाडामा सवारी दुर्घटना : दुईजना नेपाली विद्यार्थीको मृत्यु


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 8.5K
    SHARES

  • images
    क्यानाडामा सवारी दुर्घटना : दुईजना नेपाली विद्यार्थीको मृत्यु


    काठमाडौं । क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिए ।

    त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरु रहेको उल्लेख गरेका छन् । घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुबी युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरुको नाम भने सार्वजनिक नगरेको भट्टराईले बताए । उनीहरु लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।

    स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरु बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो ।प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रुपमा उनीहरूको नाम सार्वजनिक नगरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend