२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सरस्वती पूजा ऊर्जाशील बनाइराख्न र नवीन खोजतर्फ प्रेरित गर्ने पर्व : राष्ट्रपति पौडेल


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 8.6K
    SHARES

  • images
    सरस्वती पूजा ऊर्जाशील बनाइराख्न र नवीन खोजतर्फ प्रेरित गर्ने पर्व : राष्ट्रपति पौडेल


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वती पूजा मानव जीवनलाई ऊर्जाशील बनाइराख्न र नवीन खोजतर्फ प्रेरित गर्ने पर्व भएको बताएका छन् । उनले यसले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्न समेत सहयोग पु¥याएको बताए । 

    आज वसन्त पञ्चमीको सन्दर्भमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति पौडेलले भनेका छन्, ‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नविन खोजतर्फ प्रेरित गरिरहने पर्व पनि हो । यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवम् सम्वद्र्धन गर्न सहयोग गरेको छ ।’

    उनले सरस्वतीलाई शिक्षा, ज्ञान र संगीतकी देवीको रुपमा पुज्ने गरिएको स्मरण गरेका छन् । ‘आजको यस शुभ दिनमा आफ्ना बालबालिकाहरूलाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको छ ।

     संगीतका पारखीहरूका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिदैँ आइएको छ,’ उनले भनेका छन्, ‘नवीन कार्यको प्रारम्भ गर्न चाहनेहरूले र लगनको साइत जुराउनु पर्ने शुभ कार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ ।’ 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend