२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 7.1K
    SHARES

  • images
    पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु

    मंगलबार, फागुन १, २०८०
    पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार, तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो । 

    पाल्पाको डुम्रेबाट चिडिसगाउँ जादै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप मंगलबार अनियन्त्रित भएर ३०० मिटर तल खसेको डीआईजी कडायतले सञ्चारडवलीलाई बताए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ ।घाइतेको उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक भने सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ । दुर्घटनामा घाइतेहरुको उद्धार गरि लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend