२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सीमित स्रोतका कारण राज्यलाई मागहरु सम्बोधन गर्न कठिनाइ भएको छ : अर्थमन्त्री महत  


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 7.9K
    SHARES

  • images
    सीमित स्रोतका कारण राज्यलाई मागहरु सम्बोधन गर्न कठिनाइ भएको छ : अर्थमन्त्री महत  


    काठमाडौं । स्रोत पर्याप्त नहुँदा सबै वर्ग, समुदाय र क्षेत्रको आवश्यकता र मागहरु सम्बोधन गर्न सरकारलाई कठिनाइ भइरहेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । ललितपुरमा मंगलबार १३ औं विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । विस्तारै अर्थतन्त्र एउटा सकारात्मक दिशातर्फ उन्मुख हुँदै गए पनि सीमित स्रोतका कारण राज्यलाई आवश्यकता र मागहरु सम्बोधन गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे । 

    उनले भने, ‘विस्तारै अब अर्थतन्त्र एउटा सकारात्मक दिशातर्फ उन्मुख हुँदै गएको छ । बोलेको जस्तो काम गर्न सजिलो छैन । आर्थिक रूपान्तरण परिवर्तन ल्याउन आज घोषणा ग¥यो भोलि हुँदैन । त्यसको लागि अत्यन्त मिहिनेत गर्नुपर्छ । राजस्व बढेको छ । पर्यटन व्यवसाय विस्तार भएको छ । सेयर मार्केट तीन सय अंकले बढेको छ । तर स्रोतहरू त्यहीअनुसार नहुँदा सबै वर्ग समुदाय र क्षेत्रको आवश्यकता र मागहरु सम्बोधन गर्न अझै कठिनाइहरू छन् ।’

    मन्त्री महतले राजस्वका दरहरू फराकिलो बनाएर लैजानुका साथै दायरा बढाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी अगाडि बढिरहेको बताए । उनले भने, ‘हामीले राजस्वका दरहरू फराकिलो बनाएर लाने, दायरा बढाउने र बोझ कम गरी आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरि अगाडि बढिरहेको छौं । ’पछिल्लो समय सूचना क्रान्तिमा आएको विविधता छनोट एउटै नहुँदा प्रतिस्पर्धा बढेको उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend