२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न सकेन : पर्यटनमन्त्री किराती


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 8.2K
    SHARES

  • images
    राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न सकेन : पर्यटनमन्त्री किराती

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका संग्रहालयहरुको उच्चस्तरमा विकास नभएको बताएका छन् । ८५ औं राष्ट्रिय संग्रहालय स्थापना स्थापना दिवसको मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संस्कृति हेर्दा वा संग्रहालयतिर छिर्दा ज्ञान र कलाले समृद्ध भएपनि स्तरीय विकास गर्न नसकेको बताएका हुन् । उनले राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न नसकेको बताए । 

    उनले भने,‘नेपालको संस्कृति हेर्दाखेरी अर्थात हाम्रो संग्रहालयतिर छिर्दाखेरी ज्ञान र कलाले समृद्ध देखिन्छौं । स्तरीय विकासमा हामी पछि छौं । के भयो, त्रुटी कहाँ भयो रु भन्ने मलाई लाग्छ । यति ठूलो छ हाम्रो संस्कृति । सिङ्गै मन्त्रालयको र समग्र राज्यको हिसाबले हाम्रो देशको संस्कृतिलाई अझ राम्रोसँग बुझ्न सकेको छैनौं कि जस्तो आफू मन्त्री भएपछि अनुभव भएको छ ।’उनले पर्यटकलाई प्रकृतिमात्र देखाउने होईन भव्य संस्कृति र संग्रहालयमा सजिएका कला कृतिहरु पनि पर्यटनको भव्य आधार बन्न सक्छ भनेर आफू त्यसैमा लागेको जिकिर गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend