२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

मोरङमा आलगागीः लाखौँको धनमाल क्षति


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 8.7K
    SHARES

  • images
    मोरङमा आलगागीः लाखौँको धनमाल क्षति


    काठमाडौं । मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ । सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट थापाको दुई तले घरसहित सुनचाँदीका गहना, तीन लाख रुपैयाँ नगदै, अन्न, भाँडा, कपडालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    यसैगरी, मोरङकै कानेपोखरी गाउँपालिका–२ मा अर्जुन विष्टको घरमा राति  आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

    आगलागीका कारण विष्टको ४ कोठे पक्की घरसहित धनमाल, नगद र केही चौपाया चलेको प्रहरीले जनाएको छ । विष्टको घरमा पनि बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    दमकल प्रयोग गरी स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको थियो ।सुख्खायाम र आगलागीका घटना हुने मौसम सुरु भएको भन्दै प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई सूचित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend