२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अध्यागमनले दिन थाल्यो बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 8.0K
    SHARES

  • images
    अध्यागमनले दिन थाल्यो बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा


    काठमाडौं । अध्यागमन विभागले मंगलबारबाट सेवाअवधिको समय बढाएको छ । विभागले १ फागुन मंगलबारबाट सेवाअवधि बढाएर बिहान ८ बजेदेखि राति ८ बजेसम्म सेवा दिन थालेको हो ।

    यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममात्र सेवा प्रवाह हुँदै आएकोमा बिहान २ घण्टा र साँझ ३ घण्टा गरेर दैनिक ५ घण्टा सेवाअवधिको समय विभागले बढाएको हो ।
     
    साताको सात दिन नै बिहान ८ बजेदेखि र राति ८ बजेसम्म सेवा दिइने भए पनि सार्वजनिक बिदामा भने बिदा रहने विभागले जनाएको छ । बिहान १० बजेदेखि अघि र साँझ ५ बजेपछि भने भिसा शुल्क भुक्तानी अनलाइन प्रणालीमार्फत् मात्र गर्न सकिने विभागको सूचनामा उल्लेख छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend