२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल टेलिकमले गर्यो परिष्कृत वित्तीय विवरण प्रकाशित


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 9.7K
    SHARES

  • images
    नेपाल टेलिकमले गर्यो परिष्कृत वित्तीय विवरण प्रकाशित

    २०८०, माघ २९ गते, सोमबार
    काठमाडौं । नेपाल टेलिकम लिमिटेड (NTC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो।

    कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घटेन पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशत र वित्तीय आम्दानी ८.६१ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी ३.५८ प्रतिशत घटेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ।१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ सञ्चित छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend