२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 जब आमाले बच्चालाई सुताउने भन्दै ओभनमा हालिन....


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 8.8K
    SHARES

  • images
     जब आमाले बच्चालाई सुताउने भन्दै ओभनमा हालिन....


    काठमाडौं । अमेरिकाबाट एउटा हृदयविदारक घटना बाहिर आएको छ । जहाँ आमा मारिया थोमसले आफ्नो बच्चालाई सुताउनुको सट्टा ओभनमा राख्न पुगिन, जसका कारण बच्चाको मृत्यु हुन पुगेको छ । स्थानीय मिडियाका अनुसार यो दुखद घटना गत शुक्रबार भएको थियो, जो हालै सार्बजनिक भएको छ ।

    मिसौरीका पुलिस अधिकारीहरूले एक महिनाकी छोरीले सास फेर्न नसकेको जानकारी पाए, सूचना पाएपछि प्रहरी कन्सास सिटीस्थित महिलाको घरमा पुगे पछि बालिका गम्भीर रूपमा जलेको र प्रतिक्रिया नदिएको देखे । बालिकालाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।

    पोष्टमार्टममा निसास्सिएर र जलेर बालकको मृत्यु भएको खुलेको छ । एक व्यक्तिले स्काई न्यूजलाई भने कि बालिकाको माले उसलाई सुत्नको लागि झुक्किएर पालको सट्टा ओभनमा राखेकी थिइन ।

    सो घटनालाइ लिएर ती महिलालाइ गिरफ्तारी गरिएको छ । समाचार अनुसार बालिकाको लुगा जलेर खरानी भएको र उनको डायपर पनि जलेको उल्लेख छ । प्रहरीले घटनास्थलमा जलेको बच्चाको कम्बल पनि फेला पारेको छ । यो गल्ती कसरी भयो भन्नेबारे प्रहरीले हालसम्म कुनै स्पष्टीकरण दिएको छैन ।

    बालिकाको हत्या गरेको आरोपमा बालिकाकी आमा २६ वर्षीया मारिया थोमसको रूपमा पहिचान भएको छ । ज्याक्सन काउन्टीले भने, ुहामी घटनास्थलको जानकारी दिने सबैको कदर गर्दछौं। हामी यस त्रासदीको भयानक प्रकृतिलाई चिन्छौं र यस बहुमूल्य जीवनको क्षतिबाट हाम्रो हृदय दुखित छ।ु
     
    ज्याक्सन काउन्टीका अभियोजन पक्षका वकिल जीन पिटर्स बेकरले एक विज्ञप्तिमा भने, ुहामीलाई फौजदारी न्याय प्रणालीले यी डरलाग्दो परिस्थितिहरूमा उचित प्रतिक्रिया दिने विश्वास गर्छौं ।ु थोमसलाई हाल ज्याक्सन काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend